News Portal

मूर्ति चोरीको आरोपमा दीपक मनाङेकी श्रीमती पक्राउ

रातोपोस्ट संवाददाता
४७९ पटक

काठमाडौं, ११ मंसिर । प्रदेश सांसद दीपक मनाङेकी श्रीमती दिछेन डोल्मालाई बहुमूल्य मूर्ति चोरीको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

उनलाई मकवानपुर प्रहरीले पदमपोखरीबाट पक्राउ गरेको थियो ।

दिछेनविरुद्ध जिल्ला अदालत कास्कीले पक्राउपुर्जी जारी गरेपछि मकवानपुर प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्की पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।

पोखरामा एक जनाको घरमा राखेको मूर्ति चोरेको आरोप डोल्मामाथि लागेको छ । उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्