News Portal

काेराेना : पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु, १६१४ जना संक्रमित

रातोपोस्ट संवाददाता
४८९ पटक

काठमाडौं , ११ मंसिर । पछिल्लो २४ घन्टामा नेपालमा थप १६१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २३ जनाको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १४१२ पुगेको छ भने कुल संक्रमितको संख्या दुई लाख २७ हजार ६ सय ४० पुगेको मन्त्रालयले जनाएकाे छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १६ हजार सात सय ९३ रहेको छ भने आज थप १४ सय ३७ जना संक्रमित काेराेनामुक्त भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट निको हुनेको हालसम्मको संख्या दुई लाख नौ हजार चार सय ३५ पुगेको छ।

प्रतिकृया दिनुहोस्