News Portal

डडेल्धुरामा सुस्त मनस्थितिकी महिलामाथि सामूहिक बलात्कार

रातोपोस्ट संवाददाता
७३९ पटक

काठमाडौँ, १२ मंसिर । डडेल्धुरामा ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको छ। नवदुर्गा गाउँपालिका–१ मा सुस्त मनस्थितिकी ३० वर्षीया महिला बलात्कृत भएकी हुन् ।बुधबार राति करिब ७/ ८ बजे नवदुर्गा गाउँपालिका-१ की ३० वर्षीया महिलामाथि बलात्कार भएको हो।

प्रहरीका अनुसार बुधबार राति ८ बजेतिर मेलाबाट फर्किरहेका सोही ठाउँका ३३ वर्षीय टेकबहादुर दमाईं र नाम नखुलेका अर्का युवकले महिलालाई बलात्कार गरेका हुन् ।

गोठबाट फर्किरहेकी बोल्न नसक्ने महिलालाई तानेर बलात्कार गरेका हुन् । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । बिहीबार पीडित महिलाकी भाउजूले जाहेरी दिएपछि आरोपित दमाईंलाई पक्राउ गरेको हो ।अर्का व्यक्ति भने फरार रहेको रहेका छन् । पीडित महिलाको स्वास्थ्य परीक्षण पनि गराइसकेको छ। रिपोर्ट केही दिनमा आउने प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्