News Portal

  • कारागारबाट थुनुवा फरार

    रातोपोस्ट संवाददाता
    ३१७ पटक

    चितवन, १२ मंसिर । चितवन कारागारबाट एक थुनुवा फरार भएका छन्।

    कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबर्जस्ती करणी मुद्दामा गएको साउन २० गतेबाट थुनामा रहेका रेशमलाल श्रेष्ठ फरार भएका हुन्।

    उनका अनुसार साँझ साढे पाँच बजे कैदीबन्दी गणनाका क्रममा बन्दीको सङ्ख्या कम भएपछि खोजी गर्दा उनी फरार भएको थाहा भएको हो। कालिका नगरपालिका २ पदमपुर घर भएका ४५ वर्षीय उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)