News Portal

  • गुल्मीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु, ३ जना घाइते

    रातोपोस्ट संवाददाता
    २७३ पटक

    काठमाडौं,१२ । मंसिर गुल्मीको इस्मा गाउँपालिका ४ दोहलीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्। दोहलीको हुलबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जीप दुर्घटनामा परेको हो।

    दुर्घटनामा परी इस्मा गाउँपालिका ४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी र मालिका गाउँपालिका ५ की ८० वर्षीया सुन्दरी थापाको मृत्यु भएको हो।

    दुर्घटनामा इस्मा गाउँपालिका ४ हुलकै १९ वर्षीय फर्सुराम थापा, २८ वर्षीया सरस्वति दर्लामी र सहचालक २५ वर्षीय कमल हितान घाइते भएका छन् । चालक बुद्ध बस्नेत भने सकुशल छन्। घाइतेहरुलाई उपचारको लागि गुल्मी अस्पताल पठाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)