News Portal

भारतमाथि अष्ट्रेलिया सानदार जित

रातोपोस्ट संवाददाता
४८३ पटक

काठमाडौं, १२ मंसिर । घरेलु टोली अस्ट्रेलियाले भारतविरुद्धको पहिलो एकदिवसीयमा सहज जित निकालेको छ । शुक्रबार भएको खेलमा अष्ट्रेलियाले भारतलाई ६६ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

सिड्नीमा घरेलु टोलीले दिएको ३७५ रनको बलियो लक्ष्य भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०८ रन बनाए । भारतका लागि हार्दिक पाड्या र शिखर धावनले अर्धशकीय पारी खेले । ७६ बल खेलेका हार्दिकले ७ चौैका र ४ छक्काको सहयोगमा ९० रन बनाए । त्यस्तै ८६ बल खेलेका धावनले १० चौैकाको सहयोगमा ७४ रनको योगदान गरेका छन् ।

भारतका लागि नवदिव शैनीले २९ रन बनाउँदा रविन्द्र जडेजाले २५ रन बनाए । बलिङतर्फ अष्ट्रेलियाका लागि आदम जाम्पाले सर्वाधिक चार विकेट लिए । त्यस्तै जोस हालेवडले तीन विकेट लिँदा मिचेल स्टार्कले १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३७४ रन बनाएको हो ।

भारतविरुद्धको पहिलो एकदिवसीयमा अस्ट्रेलियाको बलियो लक्ष्यका लागि फिन्च र स्मिथले शतकीय पारी खेले । १२४ बल खेलेका फिन्चले ९ चौका र २ छक्काको सहयोगमा ११४ रनको योगदान गरे । फिन्चले एकदिवसीय क्रिकेटमा ५ हजार रन पूरा गरिसकेका छन् । फिन्चको यो एकदिवसीय क्रिकेटमा १७ औं शतक हो । ओपनिङमा आएका फिन्चले छैटौं ओभरमा एकदिवसीय यात्राको पाँच हजार रन पूरा गरिसकेका थिए । त्यस्तै ६६ बल खेलेका स्मिथले ११ चौका र ४ छक्काको सहयोगमा १०५ रन बनाएका हुन् ।

अस्ट्रेलियाका लागि डेभिड वार्नरले अर्धशतकीय पारी खेले । ७६ बल खेलेका उनले ६ चौकाको सहयोगमा ६९ रन बनाए । त्यस्तै गेलेन म्याक्सवेलले ४५ रन बनाउँदा आलेक्स केरीले १७ रनको योगदान गरे । बलिङतर्फ भारतका लागि मोहमद स्वामीले सार्वधिक तीन विकेट लिए । त्यस्तै जसप्रित भुम्राहा, नाविद सैनी र युजभेन्द्र चहालले समान एक/एक विकेट लिए ।जितसँगै अष्ट्रेलियाले एकदिवसीयमा १–० को अग्रता लिएको छ ।

प्रतिकृया दिनुहोस्