News Portal

  • विशेष अनुदानतर्फ २२ करोड ५७ लाख स्थानीय तहमा हस्तान्तरण गरिने

    रासस
    ५५६ पटक

    सुर्खेत, १२ मंसिर । प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले समपूरक तथा विशेष अनुदानतर्फ रु २२ करोड ५७ लाख बजेट स्थानीय तहमा हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

    आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमा बैठकले सो निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिइन् ।

    बैठकले समपूरक र विशेष अनुदानतर्फका आयोजनाको बजेट व्यवस्थापन सम्बन्धमा आर्थिक वर्ष ०७६/०७७ मा कर्णाली प्रदेश सरकारको समपूरक र विशेष अनुदानबाट स्थानीय तहमा सञ्चालित अधुरा आयोजनाका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले अर्थ विविध शीर्षकबाट जम्मा रु २२ करोड ५७ लाख ८५ हजार बजेट सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गर्ने निर्णय गरेको प्रवक्ता केसीले जानकारी दिइन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)