News Portal

  • झापामा थपिए ८६ जनामा कोरोना संक्रमित

    रातोपोस्ट संवाददाता
    ३७५ पटक

    झापा, १२ मंसिर । झापामा आज थप ८६ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ३१ महिला र ५५ जना पुरुष रहेका छन् ।

    संक्रमित हुनेहरुमा दमक नगरपालिकामा ९ महिलासहित २६ जना, मेचीनगर नगरपालिकामा २ महिलासहित ९ जना, बिर्तामोड नगरपालिकामा २ महिलासहित ९ जना, भद्रपुर नगरपालिकामा २ महिलासहित १० जना, अर्जुनधारा नगरपालिकामा १ महिलासहित २ जना, कनकाई नगरपालिकामा ३ महिलासहित १३ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

    यसैगरी, बुद्धशान्ति गाउँपालिकामा ३ जना महिला, शिवसताक्षी नगरपालिकामा १ महिलासहित २ जना, गौरादह नगरपालिकामा १ जना महिला, झापा गाउँपालिकामा १ महिलासहित २ जना, हल्दीबारी गाउँपालिकामा १ जना पुरुष, गौरीगञ्ज गाउँपालिकामा १ जना महिला, बाह्रदशी गाउँपालिकामा १ महिलासहित २ जना र पालिका नखुलेका ४ महिलासहित ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

    योसँगै हाल झापामा कुल संक्रमितको संख्या तीन हजार ७२६ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या दुई हजार ४३० रहेको छ । हालसम्म सक्रिय संक्रमितको संख्या एक हजार १९१ जना रहेको छ ।

    त्यस्तै योसँगै झापामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०५ पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)