रातोपोस्ट संवाददाता
काठमाडौं ,१३ मंसिर । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सन्दिपले आज शनिबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत आफुलाई काेराेना संक्रमण पुष्टि भएको जानकारी दिएका छन्। गत बुधबारदेखि आफुमा काेराेनाकाे लक्षण देखिएकाे र हाल उनी हाेम आइसाेलेसनमा बसेकाे समेत जानकारी दिएका छन्। आफू छिट्टै मैदान फर्कने बताउँदै आफुलाई सबैको प्रार्थनाकाे खाँचो रहेको समेत बताएका छन्,।