News Portal

आज उद्योग वाणिज्य महासंघको निर्वाचन : तीन ठाउँबाट मतदान हुँदै

रातोपोस्ट संवाददाता
८२६ पटक

काठमाडौं, १३ मंसिर । उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभाअन्तर्गत नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुँदै छ।

अन्तिम समयसम्म सहमतिको प्रयास गरिए पनि सफल हुन सकेन। महासंघका ६४ पदमा निर्वाचन हुँदै छ। महासंघका उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोरकुमार प्रधानले बरिष्ठ उपाध्यक्ष पदमा उमेद्वारी दिई आआफ्ना प्यानल बनाएर चुनावी मैदानमा छन्।

मतदान बिहान आठ बजेदेखि सुरु गर्ने तयारी छ। महासंघको मतदानका लागि तीन स्थान तय गरिएको । महासंघको केन्द्रीय कार्यालय टेकु, कार्की व्याङ्केट बबरमहल र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा निर्वाचन हुने महासंघको सचिवालयले जनाएको छ।

निर्वाचनमा ११ सय १० मतदाता छन्। यसअन्तर्गत जिल्ला/नगरतर्फ १ सय ५, वस्तुगततर्फ १ सय १, एसोसिएटतर्फ ९ सय ४ रहेको महासंघले जनाएको छ।

प्रतिकृया दिनुहोस्