News Portal

आफ्नै काकाकाे हत्या गरेको अभियोगमा एक पक्राउ

रातोपोस्ट संवाददाता
५३४ पटक

महोत्तरी, १२ मङ्सिर। आफ्नै काकाकाे हत्या गरेकाे अभियाेगमा प्रहरीले एकजनालाई पक्राउ गरेकाे छ। ६० वर्षीय खेलाउन मण्डलको हत्या गरेको अभियोगमा उनका भतिजा मनराशिश्वा नगरपालिका-१ मनरा बस्ने ४० वर्षीय बिनोद मण्डललाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।
घरायसी वादविवादको कारण बिनोदले खेलाउनलाई कुटपिट गरी गम्भीर घाइते बनाएको र स्थानिय स्वास्थ्य चौकी मनरामा सामान्य उपचार पश्चात घरमा आई बसेको अवस्थामा उनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी मनराकट्टीबाट खटिएको प्रहरीले बिनोदलाई पक्राउ गरिएकाे र यस सम्बन्धमा थप अनुसन्धान भैरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस्