News Portal

सत्तारूढ नेकपाकाे सचिवालय बैठक सुरू, लिखित जवाफ प्रस्तुत गर्दै प्रधानमन्त्री ओली

रातोपोस्ट संवाददाता
३९२ पटक

काठमाडाै, १३ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टि (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा सुरु भएको छ । पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पछिल्लो समय बढेकाे मनम कारण यो बैठकलाई महत्वपूर्ण मानिएको छ ।

अध्यक्ष दाहालले सचिवालयमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावको जवाफ अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आजको बैठकमा दिने कार्यसूची रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । उनले प्रधानमन्त्री ओलीले लिखित जवाफ प्रस्तुत गर्ने बैठकको कार्यसूची रहेको पनि जनाएका छन् ।

यसअघि अर्का अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनलाई आरोप पत्र भन्दै ओली पक्षले फिर्ता लिनुपर्ने माग राख्दै आएकाे थियाे भने प्रचण्ड पक्षले फिर्ता नलिने अडानमा रहेकाे थियाे। यसअघिनै बहुमत सदस्यलाई साथ लिएर प्रचण्डले सचिवालय बैठक बोलाउने तयारी गरेपछि प्रधानमन्त्री ओली सचिवालय बैठकमा सहभागी भइ आफूले पनि लिखित प्रस्ताव ल्याउने भन्दै दस दिनको समय माग गरेका थिए । उनलाई दस दिनको समय दिएर आज शनिबार बैठक बोलाइएको हो । दाहालको प्रस्तावमा ओलीले दिने लिखित जवाफले नेकपाको विवाद कता जान्छ भन्ने तय हुने विश्लेषकहरुले बताएका छन् । पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पछिल्लो समय बढेकाे विवादका कारण यो बैठकलाई महत्वपूर्ण मानिएको छ ।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)