रातोपोस्ट संवाददाता

काठमाडौं, १३ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यसमितिमा कपिलवस्तुका जमसेद मिया विजयी भएका छन् ।
उनी चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष पनि हुन् । उनी एकमात्र मुस्लिम समुदायबाट केन्द्रीय सदस्यका लागि चुनावी मैदानमा उत्रिएका थिए । २०६२ सालदेखि लगातार रुपमा एक कार्यकालबाहेक अध्यक्षका रुपमा रहेका मियाले काम गर्ने वातवारण तयार बनाउन, व्यवसायीका समस्या समाधान गर्न भूमिका खेल्ने गरी महासंघमा आएको प्रतिक्रिया दिएका छन् ।
उनी लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्यका लागि चुनावी मैदानमा उत्रिएका थिए ।