News Portal

महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

रातोपोस्ट संवाददाता
७०४ पटक

काठमाडौँ, १४ मङ्सिर । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र प्रसाद ढकाल विजयी भएका छन् । ढकालले आफ्ना प्रतिद्वन्दी किशोर प्रधानलाई पराजित गर्दै महासंघको वरिष्ठ उपाध्यक्षमा जित हासिल गरेका हुन् ।

महासंघमा वरिष्ठ उपाध्यक्षको निर्वाचनमा उपाध्यक्षमा एशोसियट सदस्यहरुले हालेको मतको भार ३० प्रतिशत, वस्तुगतको २० प्रतिशत र जिल्लाको ५० प्रतिशत हुने प्रावधान रहेको छ । जिल्ला नगरतर्फ किशोर प्रधानले ५३ मत पाए भने चन्द्र ढकालले ५२ मत पाएका थिए । त्यस्तै वस्तुगततर्फ चन्द्र ढकालले ५९ र किशोर प्रधानले ३९ मत पाएका छन् । त्यस्तै एशोसियटतर्फ रहेका ८९७ मतमध्ये चन्द्र ढकालले ५२२ मत र किशोर प्रधानले ३७४ मत पाएका छन् ।

त्यस्तै एशोसियटस तर्फको उपाध्यक्षमा रामचन्द्र संघाई विजयी भएका छन् । उनले सौरभ ज्योतिलाई पराजित गरेका छन् । त्यस्तै वस्तुगत तर्फ अन्जन श्रेष्ठ र जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ विजयी भएका छन् । महासंघको साधारण सभा पछि भवानी राणाको कार्यकाल सकिएको छ भने वरिष्ठ उपाध्यक्ष सेखर गोल्छा स्वत अध्यक्ष भएका छन् । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने प्रावधान रहेको छ

प्रतिकृया दिनुहोस्