News Portal

  • २४ घण्टामा १२५५ संक्रमित थपिए, २५ जनाको मृत्यु

    रातोपोस्ट संवाददाता
    २९७ पटक

    काठमाडौं, १४ मंसिर । पछिल्लो २४ घण्टामा १२ सय ५५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ सय ४ जना डिस्चार्ज हुँदा २५ जनाको मृत्यु भएको छ।

    मन्त्रालयका अनुसार अहिलेसम्म कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ भने २ लाख १२ हजार बढी डिस्चार्ज भएका छन्। मृतकको संख्या भने १४ सय ७९ पुगेको छ।

    देशभर क्वारेन्टिनमा ६३२ जना रहेका छन् भने आइसोलेसनमा १७ हजार ९०९ जनाको उपचार भइराखेको छ। अहिलेसम्म नेपालमा १७ लाख २७ हजार ८३६ जनाको पीसीआर परीक्षण भएको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)