News Portal

  • मेचीनगरमा १५ शैयाको अस्पताल शिलान्यास

    रातोपोस्ट संवाददाता
    २८९ पटक

    काँकरभिट्टा, १५ मंसिर । झापाको मेचीनगर -१० स्थित धुलावारीमा निर्माण हुन लागेको आधारभूत अस्पतालको सोमबार मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य र उपप्रमुख मीना (पोखरेल) उप्रेतीले संयुक्तरुपमा शिलान्यास गरेका छन्।

    मेचीनगर स्वास्थ्य शाखा सहसंयोजक रामनारायण यादवले १८ करोड ६८ लाख २ हजार रुपैयाँको लागतमा अस्पताल बन्न लागेको जानकारी दिए। अहिले ७ सय ५३ पालिकाहरुमध्ये १ सय ४ वटामा विभिन्न तहका अस्पताल रहेका छन् । अस्पताल नरहेका ६ सय ४९ पालिकामा आगामी दुईवर्षभित्रमा कम्तीमा १५ शैयाको अस्पताल सञ्चालनमा ल्याउने सरकारको लक्ष्य रहेको छ ।

    मेचीनगर—१० का वडाध्यक्ष सुदय पनेरुको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा अस्पताल सञ्चालनका लागि पालिकाहरुसँग समन्वय गरेर नेपाल सरकारले काम गर्न लागेको नगरपालिकाले जनाएको छ । मेचीनगर नगरपालिकाले जग्गा व्यवस्थापन गरेका कारण अस्पतालको शिलान्यास गरिएको हो ।

    जग्गा व्यवस्थापन गरिसकेका स्थानहरुमा सोमबार एकसाथ र अन्यमा एकसाताभित्र अस्पतालको शिलान्यास गरिने छ । आगामी दुई वर्ष भित्र काम सम्पन्न गर्ने गरि अब नगरपालिकाले टेण्डर प्रक्रिया शुरु गर्ने छ । यो बहुवर्षीय योजना रहका कारण पालिकालाई यसवर्ष आशिंक र आगामी वर्ष बाँकी रकम पठाउने सरकारको तयारी छ ।

    शिलान्यास कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, कार्यपालकिा सदस्यहरु कृष्ण कनाल टीकाराम मंग्रान्तीसहित विभिन्न वडाका जनप्रतिनिधिहरु, जनता समाजवादी पार्टीका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ्ग राप्रपाका मेचीनगर अध्यक्ष सुशील आचार्य नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजीलगायत विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधिहरुको सहभागिता रहेको नगरपालिका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिए।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)