News Portal

डिउटीको समयमा युवतीसँग होटलमा समातिएका डिएसपी निलम्बनमा पर्दै

रातोपोस्ट संवाददाता
९६६ पटक

काठमाडौं, १५ मंसिर । गत बुधबार कैलालीको बुढीतोलास्थित एक होटलबाट युवतीसँग रंगेहात समातिएका कैलालीको इलाका प्रहरी कार्यालय मालाखेतीका तत्कालिन प्रहरी इन्चार्ज (डिएसपी) भरतबहादुर चौधरी निलम्बनमा पर्ने भएका छन् ।

डिउटीको समयमा माथिल्लो निकायालाई जानकारी नदिई उनी एक युवतीसँग होटलमा गएका थिए । प्रदेश प्रहरी कार्यालयले उनलाई निलम्बनको लागि सिफारिस गरेको छ ।

गत मंगलबार राति ९ बजेदेखि सम्पर्कविहीन भएका चौधरीको खोजी गर्दै गर्दा उनि बुधबार बिहान बुढीतोलाको एक होटलमा युवतीसँग फेला परेका थिए।

प्रतिकृया दिनुहोस्