News Portal

काँग्रेस सम्बद्ध खेलकुद विभागद्वारा काँकरभिट्टामा रक्तदान कार्यक्रम सम्पन्न

रातोपोस्ट संवाददाता
६२८ पटक

काँकरभिट्टा, १५ मंसिर। नेपाली काँग्रेस सम्बद्ध केन्द्रीय खेलकूद विभागको आयोजनामा सोमबार काँकरभिट्टामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

 

 

नेपाल लोकतान्त्रिक खेलकूद संघ मेचीनगर समितिको संयोजनमा हनुमान मन्दिर परिसरमा एक दिवशीय रक्तदान कार्यक्रम गरिएको हो ।

 

रेडक्रश सोसाइटीको प्राविधिक सहयोगमा भएको सो कार्यक्रमको उद्घाटन पूर्व मन्त्री एवम केन्द्रीय खेलकूद विभाग प्रमुख मोहनबहादुर बस्नेतले गरेका थिए ।

 

सो कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि बस्नेत, संविधान सभा सदस्य उषा गुरुङ, एन्फा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ, काँग्रेस झापा उपसभापति राम कट्टेललगायतले बोलेका थिए ।

साग खेलकूदमा स्वर्ण पदक विजेता रिजन सुब्बालाई नगदराशी १० हजार रुपैयाँसहित सम्मान गरिएको सो कार्यक्रममा नेपाली काँग्रेस सम्बद्ध केन्द्रीय खेलकूद विभागले २ हजार थान मास्क समेत हस्तान्तरण गरेको थियो ।

नेपाल लोकतान्त्रिक खेलकूद संघ मेचीनगर समितिका अध्यक्ष कर्ण थापा मगर(राजा) को सभापतित्वमा भएको उद्घाटन सत्रको सञ्चालन भरत गुरुङले गरेका थिए ।

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस्