
काँकरभिट्टा, १५ मंसिर। नेपाली काँग्रेस सम्बद्ध केन्द्रीय खेलकूद विभागको आयोजनामा सोमबार काँकरभिट्टामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।
नेपाल लोकतान्त्रिक खेलकूद संघ मेचीनगर समितिको संयोजनमा हनुमान मन्दिर परिसरमा एक दिवशीय रक्तदान कार्यक्रम गरिएको हो ।
रेडक्रश सोसाइटीको प्राविधिक सहयोगमा भएको सो कार्यक्रमको उद्घाटन पूर्व मन्त्री एवम केन्द्रीय खेलकूद विभाग प्रमुख मोहनबहादुर बस्नेतले गरेका थिए ।
सो कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि बस्नेत, संविधान सभा सदस्य उषा गुरुङ, एन्फा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ, काँग्रेस झापा उपसभापति राम कट्टेललगायतले बोलेका थिए ।
साग खेलकूदमा स्वर्ण पदक विजेता रिजन सुब्बालाई नगदराशी १० हजार रुपैयाँसहित सम्मान गरिएको सो कार्यक्रममा नेपाली काँग्रेस सम्बद्ध केन्द्रीय खेलकूद विभागले २ हजार थान मास्क समेत हस्तान्तरण गरेको थियो । उक्त कार्यक्रममा २ महिला सहित ३५ जनाले रक्तदान गरेका थिए।
नेपाल लोकतान्त्रिक खेलकूद संघ मेचीनगर समितिका अध्यक्ष कर्ण थापा मगर(राजा) को सभापतित्वमा भएको उद्घाटन सत्रको सञ्चालन भरत गुरुङले गरेका थिए ।