News Portal

सडक मानिसका भगवान, जसले गरे असहायहरूलाई न्यानाे कपडा वितरण

रातोपोस्ट संवाददाता
६५६ पटक

झापा,१५ मंसिर । काेही नहुनेका भगवान हुन्छन्, याे काल्पनिक भनाइ हाे । तर बेलाबेलामा याे भनाइ वास्तविक हुने गर्दछ। हाे झापामा यस्तै भएकाे छ। स्थानीय सरकारकाे आँखा नपुगेपनि यहाँका स्थानीय समाजसेवि युवाहरूकाे समुहले झापाका विभिन्न सडक पेटिमा बस्दै आएका असहाय मानिसहरूका लागि न्यानो कपडा वितरण गरेको छ ।

सबैका लागी खाना, नाना र छाना भन्ने मुल नाराका साथ हाम्रो अभियान नामक समुहले पुर्वी नाका काकडभिट्टाबाट अभियान सुरु गरेको हो । पूर्वी नाका काकडभिट्टाबाट उर्लाबारी सम्मका सडकमा आस्रित असहाय मानिसहरूका लागि ओड्ने,ओछ्याउने, ज्याकेट, टाउजर, टोपिलगायतका न्यानो कपडा बितरण गरिएको छ । झापाका सडकमा बस्ने मानवका लागि लकडाउनको समयमा राहत बितरणदेखि खाना बितरणमा समेत सकृय हाम्रो अभियानले अहिले न्यानो कपडा बितरण गरेको अभियनताहरू बताउँछन् ।

सडकमा बस्नेहरु कतिलाई आफनाे ठेगानानै थाहाँ छैन । साेमबार यिनै सडक मानिसहरूका लागी जब हाम्राे अभियानका अभियनताहरू न्यानाे कपडा बाेकेर सडकमा पुगे तब सडक मानिसहरू खुसीले गदगद देखिन्थे। यसरी नै मानवीय नाताले मनकारीहरुले कहिलेकाही उपलब्ध गराउने सामान्य खाने र लाउने कुरा नै उनिहरुको लागि जीवनमै ठुलो सहयोग सावित हुने गरेको छ ।

झापाको काकँरभिट्टा, धुलाबारी, चारआली, बिर्तामोड ,सुरुङ्गा, दमकलगायतका सडकमा बस्ने ५० भन्दा धेरै मानिसहरूलाई न्यानो एक जोर कपडा ,ब्लाङ्केट, म्याट, टोपि बितरण गरिएको हो ।

अभियानका अभियनता नरेश मोहरा, बिष्णु आचार्य, खगेन्द्र घिमिरे, भरत यादव, सन्दिप प्रसाईं, सन्दिप गिरी, बिज्ञानराज पौडेल ,सन्जिव मैनाली, कबिन्द्र श्रेष्ठ, दिपक दासलगायतको उपस्थिति रहेको थियो । यस कार्यक्रममा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सकारात्मक मनहरुप्रती अभियानले धन्यवाद दिएका छन् ।

प्रतिकृया दिनुहोस्