News Portal

पछिल्लाे २४ घण्टामा  झापामा थप  ४७ जनामा काेराेना पुष्टि, एकजनाकाे मृत्यु

रातोपोस्ट संवाददाता
१०४७ पटक

झापा, १४ मंसिर । पछिल्लाे २४ घण्टामा  झापामा थप  ४७   जनामा काेराेना भाइरस (काेभिड-१९ ) संक्रमण पुष्टि  भएकाे छ भने १ जनाकाे मृत्यु भएकाे छ। मृत्यु हुनेमा भद्रपुर -९ का ७६ वर्षिय पुरूष रहेका छन्।

संक्रमित हुनेहरूमा दमक वडा नं. २,५, र ६ का ३ जना, बिर्तामाेड वडा नं. १,२,३,४,५ र १० का  ९ जना , गाैरादह वडा नं. ३ र ६ का  २ जना , मेचिनगर वडा नं. १ र १५ का २ जना ,भद्रपुर वडा नं. १,२,४,५,७,र ८ का १० जना रहेका छन्। त्यस्तै कनकाइ वडा नं. ३,६ र ९ का ६ जना, अर्जुनधारा वडा नं. ७ का २ जना ,  बुद्दशान्ति वडा नं. १,२ र ३ का ३ जना , शिवसतासी वडा नं. १,५ र८ का ४ जना र झापा वडा नं. १ का घ जना गरी ४७  जनामा संक्रमण पुष्टि भएकाे  स्वास्थ्य कार्यालय झापाका  फाेकल पर्सन जिवन चौलागाईँले जानकारी दिएका छन्,।

आजसम्म  झापामा ३३१३५ जनाकाे स्वाव परिक्षण गरिएकाे छ भने कुल संक्रमितकाे संख्या ३८६१ पुगेकाे छ। त्यस्तै आजसम्म काेराेना जित्नेहरूकाे संख्या २५१५ रहेकाे छ भने आइसाेलेसनमा रहेका सक्रिय संक्रमितकाे संख्या १२३६ रहेकाे र हालसम्म ११० जनाकाे मृत्यु भएकाे छ।

प्रतिकृया दिनुहोस्