News Portal

ओली–प्रचण्ड आमने सामने

रातोपोस्ट संवाददाता
१८८३ पटक

काठमाडौं, १६ मंसिर । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको फरक-फरक राजनीतिक प्रतिवेदनमाथि छलफल हुने भएको छ ।

दुवै प्रतिवेदनमाथि आजबाट छलफल हुन लागेको हो । सचिवालय बैठकमा अध्यक्षद्वयको फरक÷फरक राजनीतिक प्रतिवेदन पेस भएपछि विवाद र आरोप-प्रत्यारोप झन बढ्दै गएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बहुमत सचिवालयको निर्णय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले मान्नुपर्ने बताउँदै आएका छन् । तर अध्यक्ष ओली पक्षले भने पार्टीको अन्तरिक विधानअनुसार सहमति कायम गरेर अगाडि बढनुपर्ने अडान राख्दै आएका छन् ।

दुवै पक्षले आ–आफ्नो अडान कायमै राखेको अवस्थामा पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीमा अध्यक्षद्वयको प्रतिवेदनमाथि छलफल हुने भएको छ । बहुमतीय प्रक्रियाबाट निर्णय भएको अवस्थामा पार्टीको सचिवालय स्थायी कमिटी र केन्द्रीय कमिटीमा अध्यक्ष ओली अल्पमतमा पर्ने दाबी गरिएको छ । प्रचण्डले पेस गरेको १९ पेजको राजनीतिक प्रतिवेदनका विरुद्ध अध्यक्ष ओलीले ३८ पेज लामो जवाफी राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ । दुई अध्यक्षबीच देखिएको आरोप–प्रत्यारोपको कारण पार्टी एकता नै संकटमा पर्ने चिन्तासमेत पार्टीभित्र देखापरेको एक स्थायी समिति सदस्यले बताए । याे खबर नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्