News Portal

सुरक्षा थ्रेट बताउँदै धुम्बाराहीबाट बालुवाटार सारियाे नेकपा सचिवालय बैठक

रातोपोस्ट संवाददाता
५९२ पटक

काठमाडौं,१६ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरक्षा कारण देखाउँदै  बालुवाटारमै बस्ने भएको छ । यसअघि धुम्बाराहीमा बस्ने तय भएकाे उक्त बैठकमा सुरक्षा थ्रेट हुने गृहको रिर्पोटिङ रहेको भन्दै बालुवाटारमै बैठक बोलाइएको स्रोतले बताएककाे छ ।

शनिबार बसेको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ३७ पृष्ठको प्रस्ताव पेश गरेका थिए भने अर्को बैठक पार्टी कार्यालय, धुम्बाराहीमा बस्ने भनिएको थियो ।

अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको बेग्लाबेग्लै राजनीतिक प्रतिवेदनसँगै पार्टी विवाद निर्णायक मोडमा पुगेपछि दुवै पक्षले अलग–अलग बटमलाइन अघि सार्ने तयारी गरेका छन् ।आज बस्न लागेको केन्द्रीय सचिवालय बैठकमा ओली र प्रचण्डको प्रतिवेदनसहित दुवैतर्फबाट गरिएका पत्राचारको कार्यसूचीमाथि छलफल अघि बढ्ने भएपछि दुवै समूहले आन्तरिक छलफलबाट बटमलाइन बनाएका हुन् ।

प्रतिकृया दिनुहोस्