News Portal

पोर्चुगल पठाईदिन्छु भनि १६ लाख भन्दा बढी रकम ठगी गर्ने पक्राउ

रातोपोस्ट संवाददाता
४३९ पटक

काठमाडौं, १६ मङ्सिर । वैदेशिक रोजगारको लागि पोर्चुगल पठाईदिन्छु भनि नगद १६ लाख २५ हजार २ सय ५० रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ। रुपन्देही ओमसतिया गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टे बस्ने ३३ वर्षीय शिव नारायण चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

शिव नारायणले रुपन्देही जिल्लाका २ जना व्यक्तिहरूबाट उक्त रकम बैंक खातामा जम्मा गर्न लगाई अफर लेटर, भिषा लगायतका कागजातहरू नक्कली बनाई ठगी गरेको भन्ने पीडितहरूको उजुरीको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सुन्धाराबाट पक्राउ गरेको हो ।

उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्