News Portal

किशोर हत्याकाे अभियोगमा सुनसरीबाट ३ जना पक्राउ

रातोपोस्ट संवाददाता
११६३ पटक

सुनसरी, १६ मङ्सिर । सुनसरीकाे दुहबी नगरपालिका-२ बीरगाँउ बस्ने १७ वर्षीय सुजन नारायण चौधरीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय सुमन झा लगायत ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सुजन गत बुधबारबाट हराएको भन्ने हुलिया निवेदन ईलाका प्रहरी कार्यालय दुहबीमा बिहीबार प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा सुमनले सुजनको हत्या गरी दुहवी नगरपालिका-२ अरुण वनस्पति उद्योगस्थित खाली जग्गामा सिलाम झारको घारीभित्र शव फालेको खुल्न आएपछि उनलाई पक्राउ गरेको हो । सुजनको १ थान ट्याव, १ थान सिमकार्ड र २ थान मोबाईल प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्