News Portal

लगनगाँठो कस्दै रमेश प्रसाईं, मंसिर २२ मा विवाहको टुंगो

रातोपोस्ट संवाददाता
९८९ पटक

काठमाडौं , १६ मंसिर । विभिन्न राजनीतिक टिप्पणी गरेर चर्चामा आएका रमेश प्रसाईंले विवाह बन्धनमा बाँधिने भएका छन् । पछिल्लो समय गायकको छवि बनाएका उनले कालीकोटकी नन्दा सिंहसँग बिहे गर्न लागेका हुन् ।

आगामी २२ गते सोमबारका दिन विवाह गर्न लागेका रमेश र नन्दा दुवै दृष्टिविहीन हुन् । नन्दा र रमेशबीच ३ वर्षदेखि प्रेम सम्बन्ध रहेको बताइएको छ । इन्द्रेणीमा गायिका कल्पना दाहालसँग दोहोरी गाएर चर्चा कमाएका रमेश पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीत गाएर चर्चामा आएका छन् ।

उनको स्वरमा सो गीतले युट्युब र टिकटकमा राम्रो फ्यान फलोइङ पाएको छ । रमेशसँग विवाह गर्न लागेकी नन्दाले काठमाडौंमै बालआश्रम चलाइरहेकी छन् । उनीहरुले धरानबाट बिहे गर्न लागेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्