News Portal

प्रेस क्लव मेचीनगरले पत्रकारमाथि भएको आक्रमणको भत्सर्ना गर्दै जारी गर्‍यो विज्ञप्ती

रातोपोस्ट संवाददाता
५७५ पटक

झापा, १७ मंसिर । प्रेस क्लव मेचीनगरका सदस्य एवं अनुसन्धान मिडियाकर्मी, युवा पत्रकार खगेन्द्र घिमिरे र न्यूज २४ टेलिभिजन झापा ब्युरो राजु पौडेल माथी भएको हातपात र कुटपिटको बिषयमा प्रेस क्लव मेचीनगरको गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रेस विज्ञप्ती जारी गरेको छ ।

क्लवका अध्यक्ष लक्ष्मी उप्रेती र सचिव जीआर धितालले मंगलवार संयुक्त विज्ञप्ति जारी गर्दै क्वलका सदस्य समेत रहेका पत्रकार घिमिरेमाथि निन्दनीय हमलामा संलग्न कार्यालयका कर्मचारीलाई कार्वाही गर्न जोडदार माग गरेका छन् । सञ्चारकर्ममा लागिरहेका बेला घिमिरेमाथि आक्रमण भएको जनाउँदै विज्ञप्तिमा आक्रमणको यस्ता गतिविधिले प्रेस स्वतन्त्रताको धज्जी उडेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा न्यूज २४ टेलिभिजनका पत्रकार राजु पौडेलमाथि भन्सार कार्यालय झापामा भएको हातपातको घटनाको समेत भत्र्सना गर्दै दोषीमाथि कार्वाहीको माग गरिएको छ । यसैबीच, प्रेस संगठन नेपालका केन्द्रीय सदस्य तीर्थ सिग्देलले दुबै घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी कडा कार्वाही गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् । भ्रष्टाचार, दलाली र अबैध धन्धाको विरुद्ध खुलेर लाग्ने पत्रकारहरुमाथिको आक्रमण बन्द गर्न समेत उनले चेतावनी दिएका छन् ।

प्रतिकृया दिनुहोस्