News Portal

‘सार्वजनिक जग्गा संस्था तथा व्यक्तिलाई प्रयोग गर्न नदिनू’

रातोपोस्ट संवाददाता
४८१ पटक

काठमाडौं, १७ मंसिर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा कुनै पनि बहानामा संस्था तथा व्यक्तिलाई प्रयोग गर्न नदिन निर्देशन दिएको छ ।

यसअघि बसेको मन्त्रीस्तरीय निर्णय गरी मन्त्रालयले सात सय ५३ स्थानीय तहलाई नै यससम्बन्धी परिपत्र गरेको छ । कतिपय स्थानीय तहले क्लब तथा विभिन्न संघसंस्थालाई सरकारी जग्गा उपलब्ध गराउने तथा लिजमा दिने गतिविधि देखिएपछि यस्तो परिपत्र गरेको मन्त्रालयले जनाएको छ ।

संघीय मन्त्रिपरिषद्को निर्णयबाट मात्र सरकारी तथा सार्वजनिक जग्गा कसैलाई दिन सकिने कानुनी प्रावधान छ । मन्त्रालयका प्रवक्ता सहसचिव बसन्त अधिकारीका अनुसार केही स्थानीय तहले आफ्नो क्षेत्राधिकार मिचेकाले यस्तो परिपत्र गरिएको छ ।

प्रतिकृया दिनुहोस्