News Portal

क्लिन स्विपबाट बच्याे भारत

रातोपोस्ट संवाददाता
११९७ पटक

काठमाडौं, मंसिर १७ । क्लिन स्विपबाट बच्याे भारत अस्ट्रेलियासँग एकदिवसीय सिरिज गुमाएको भारतले अन्तिम खेल जितेको छ अन्तिम खेलमा १३ रनले जितेकाे छ । पहिलो एकदिवसीय ६६ रनले र दोस्रो एकदिवसीय ५१ रनले गुमाएको भारतले तेस्रो एकदिवसीय खेल १३ रनले जितेको हो।

क्यानबेरामा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको भारतले पूरा ओभर खेल्दै पाँच विकेट जाँदा ३ सय २ रन बनाएको थियो। ३ सय ३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४९.३ ओभरमा २ सय ८९ रन बनाउँदा सबै विकेट गुमायो।

अस्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले ८२ बलमा ७५ रन बनाए। ग्लेन म्याक्सवेलले ३८ बलमा ५९ रन, मोएसेस हेनरिक्सले ३१ बलमा २२ रन, क्यामरन ग्रिनले २७ बलमा २१ रन, एलेक्स क्यारीले ४२ बलमा ३८ रन बनाए। साथै एस्टन अगरले २८ बलमा २८ रन बनाए।

भारतका लागि शार्दुल ठाकुरले तीन, जसप्रित बुमराह र थङ्गरासु नटराजनले दुई–दुई साथै कुलदीप यादव र रविन्द्र जडेजाले एक–एक विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतका लागि छैठौँ क्रममा ब्याटिङमा आएका हार्दिक पाण्ड्याले ७६ बलमा अविजित ९२ रन र सातौँ क्रमका रविन्द्र जडेजाले ५० बलमा अविजित ६६ रन बनाएका थिए। यस्तै शिखर धवनले २७ बलमा १६, शुभमान गिलले ३९ बलमा ३३, विराट कोहलीले ७८ बलमा ६३ र श्रेयस ऐयरले २१ बलमा १९ रन बनाएका थिए।
भारत र अस्ट्रेलियाले अब तीन खेलको टी ट्वान्टी सिरिजका साथै चार खेलको टेस्ट सिरिज पनि खेल्नेछन्। पहिलो टी ट्वान्टी खेल आउने शुक्रबार हुनेछ।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)