News Portal

सरकारले आफ्नो अन्त्यको दिन गणना शुरु गर्यो-नेता सिंह

रातोपोस्ट संवाददाता
४७८ पटक

काठमाडौं , १७ मंसिर । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेल र काङ्ग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेलाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै सरकारकाे तिव्र आलोचना गरेका छन्।                                                                                                              उनले आज साँझ फेसबुक मार्फत स्टाटस लेख्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, कांग्रेस तनहुका कार्यवाहक सभापति जीतप्रकाश आलेलाई प्रहरीले नियन्त्रणमा लिनु निन्दनीय रहेको बताएका छन्। उनले भनेका छन्, पञ्चायत र राजाको प्रत्यक्ष शासनकाल विर्साउने गरि प्रमुख प्रतिपक्षी दलको वरिष्ठ नेतामाथिनै धरपकड शुरु गरेर सरकारले आफ्नो अन्त्यको दिनको गणना शुरु गरेको छ ।                                                                                                              नेपाली कांग्रेस आफ्ना नेताहरुमाथि हुने यसप्रकारको दुव्र्यवहारप्रति गम्भीर आपत्ति व्यक्त गर्दछु । कार्यक्रमलाई प्रभावित गर्न सत्ताको आडमा कार्यक्रमस्थलमा निषेधाज्ञा जारी गर्ने कार्य भएको छ । कांग्रेसका नेता कार्यकर्तामाथी धरपकड गर्ने, स्वतन्त्रतापूर्बक हिँडडुल गर्न पाउने,नागरिक हकविरुद्ध बाटो अवरोध गर्नेजस्ता निन्दनीय कार्य भएका छन् ।

यो सत्ताको चरम दुरुपयोग हो । यसले नेकपा सरकारको असली चरित्र उदांगिएको छ । तत्काल उहाँलाई ससम्मान रिहाई गर्न माग गर्दै त्यसो नगरिए कांग्रेसले सशक्त प्रतिवाद गर्ने चेतावनी दिन चाहन्छु घटनाको यतार्थ छानबिन गर्न समेत आग्रह गर्द्छु । जय नेपाल

प्रतिकृया दिनुहोस्