News Portal

राप्रपाले झापामा शक्ति प्रदर्शन गर्ने

रातोपोस्ट संवाददाता
९८५ पटक

झापा,  १८  मंसिर । हिन्दू राज्य, राजसंस्था पुर्नस्थापना, संघीयता खारेज तथा भ्रष्टाचार विरुद्ध राप्रपाले मंसिर २० गते झापामा शक्ति प्रदर्शन गर्ने भएको छ ।

सरकारले सभा, समारोह नगर्न उर्दी जारी गरे पनि राप्रपाले भने झापामा मोटरसाइकल र्याली गरेर सरकारलाई जनदवाब दिन लागेको हो । राप्रपाले आउँदो शनिबार पूर्वी सीमाना काँकरभिट्टादेखि विर्तामोडसम्म र्याली आयोजना गर्दैछ ।

र्यालीमा एक हजार मोटरसाइकल र ५ सयवटा साना सवारी रहने बिहीबार काँकरभिट्टामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । राप्रपाका केन्द्रीय सचिवालय सदस्य भक्तिप्रसाद सिटौलाले संवैधानिक राजसंस्था स्थापना गर्न शक्ति प्रदर्शन गर्न लागिएको बताए ।

उनका अनुसार र्यालीमा १० हजारभन्दा बढी जनताको सहभागिता रहनेछ । प्रशासनले रोक लगाएपनि र्यालीमा शान्तिपूर्ण रुपले सम्पन्न गर्न लागिएको उनले बताए ।

पत्रकार सम्मेलनमा मोटरसाइकल र्यालीका संयोजक ध्रुव उप्रेतीले सामाजिक दूरी कायम गरेर कार्यक्रम सम्पन्न गरिने बताए । कार्यक्रममा राप्रपाका क्षेत्रीय अध्यक्ष रमेश दाहाल, मेचीनगर अध्यक्ष सुशील आचार्य, सचिव चन्द्र निरौला, पार्टीका अग्रज हरि गौतमलगायतको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस्