News Portal

बहुबिवाह मुद्दाका फरार प्रतिवादी झापाबाट पक्राउ

रातोपोस्ट संवाददाता
४२६ पटक

झापा, १८ मङ्सिर।  बहुबिवाह मुद्दामा फरार प्रतिवादी बिर्तामोड नगरपालिका-२ बस्ने ३२ वर्षीय राज कुमार कोचलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत भद्रपुर झापाको २०७४ असार ४ गतेको फैसलाले १ वर्ष कैद तथा ५ हजार रुपैयाँ जरिवाना सजाय ठहर भई जरिवाना धरौटीबाट सदर भएको र २४ दिन कैद असुल भई बाँकी ११ महिना ६ दिन बेरुजु रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनकै घर वतनबाट पक्राउ गरेको हो ।

कोचलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भद्रपुर झापामा बुधबार उपस्थित गराएकोमा बाँकी कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाउने आदेश भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्