News Portal

झापामा आज थप ५९ जनामा काेराेना संक्रमण

रातोपोस्ट संवाददाता
६७४ पटक

झापा, १८ मंसिर । पछिल्लाे २४ घण्टामा  झापामा थप  ५९ जनामा काेराेना संक्रमण पुष्टि  भएकाे छ ।

संक्रमित हुनेहरूमा दमक वडा नं.१, ५,६ र ८ का ५ जना, बिर्तामाेड वडा नं.१,३, ४,५ र ६ का  १० जना ,  मेचिनगर वडा नं. ७  का १ जना , गाैरादह वडा नं. ६,७र ८ का ४ जना ,  भद्रपुर वडा नं.  २,३,ठ र ८ का ७ जना रहेका छन्।

त्यस्तै कनकाइ वडा नं. १,३ र ८  का ४ जना, अर्जुनधारा वडा नं. ५ का २ जना , हलदिबारी वडा नं. १,२,३,४ र ५ का ११ जना, कचनकवल वडा नं. २ र ७ का ३ जना,  शिवसतासी वडा नं. ६ ,७ र ८  का ३ जना,  बाह्रदशी वडा नं. १ र ६  का ३ जना, कमल वडा नं. ५ र ७ का ३ जना,  गाैरीगञ्ज वडा नं. ६ का १ जना, बुद्दशान्ती वडा नं. २ का १ जना र  अन्य ठेगाना भएका  १  जना गरी ५९ जनामा संक्रमण पुष्टि भएकाे  स्वास्थ्य कार्यालय झापाका  फाेकल पर्सन जिवन चौलागाईँले जानकारी दिएका छन्।

आजसम्म  झापामा ३३५४२ जनाकाे स्वाव परिक्षण गरिएकाे छ भने कुल संक्रमितकाे संख्या ४०१० पुगेकाे छ।

त्यस्तै आजसम्म काेराेना जित्नेहरूकाे संख्या २६७१ रहेकाे छ । त्यस्तै आइसाेलेसनमा रहेका सक्रिय संक्रमितकाे संख्या १२२५ रहेकाे छ भने  हाेम आइसाेलेसनमा रहेका सक्रिय संक्रमितकाे संख्या  १२०९ रहेकाे  र हालसम्म ११४ जनाकाे मृत्यु भएकाे छ।

 

प्रतिकृया दिनुहोस्