News Portal

पत्रकार माथि हातपात गर्ने भ्रष्ट कर्मचारीलाई जनकारबाही गर्ने विप्लव नेकपाकाे चेतावनी

रातोपोस्ट संवाददाता
९७२ पटक

झापा, १८ मंसिर । झापाको दमकस्थित मालपोत कार्यालयमा माउन्टेन टेलिभिजनका सम्बाददाता एवम् अनुसन्धान अनलाइनका सम्पादक पत्रकार खगेन्द्र घिमिरेमाथिको कुटपिटको बिषयमा नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले जनकारबाही गर्ने चेतावनी दिएको छ ।

आज एक विज्ञप्तिजारी गर्दै पार्टीले दमक मालपोतमा पत्रकार खगेन्द्र घिमिरेमाथि भौतिक आक्रमण गरेको लज्जास्पद घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टीकातर्फबाट दमक नगर कमिटी सेक्रेटरी क. समरद्वारा हस्ताक्षरीत विज्ञप्तिमा भनिएको छ, ‘घटना सम्बन्धि सम्पूर्ण प्रमाण बाहिर आउँदासमेत भ्रष्ट कर्मचारीलाई कारबाही गर्न आनाकानी गरिरहेको प्रशासनप्रति खेद प्रकट गर्दै अविलम्ब कारबाही गर्न हाम्रो पार्टी अनुरोेध गर्दछ ।’

‘अन्यथा जनताको जनसत्ताद्वारा भ्रष्ट कर्मचारीमाथि खुलेआम जनकारबाही गरिने निश्चित रहेको कुरा अवगत गराउँदछौं, विज्ञप्तिमा उल्लेख गरिएको छ ।                                         

प्रतिकृया दिनुहोस्