News Portal

मेचीनगर उपमेयरको गाडी जलाउने प्रयास भन्ने कुरामा सत्यता छैन : नेविसंघ झापा

रोसन भट्टराई
४८९ पटक

झापा । नेपाल विद्यार्थी संघ झापाले नभएको कुरालाई मिडियाबाजी गरे त्यसको विरोधमा उत्रने मेचीनगर नगरपालिकाकी उपमेयर मीना उप्रेतीलाई चेतावनी दिएको छ ।

नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलको गिरफ्तारीको विरोधमा आज देशै भर सरकारी गाडी रोक्ने कार्यक्रम अनुरुप मेचीनगर नगरपालिकाकी उपमेयर सवार गाडीलाई रोक्न खोज्दै उल्टै ओभर स्पिडमा गाडी कुदाएको र दुर्घटना हुन खोजेको नेविसंघका नेताहरुले आरोप लगाएका छन् ।

बिहिबार बेलुका एक विज्ञप्ती जारी गर्दै नेविसंघ झापाले सरकारी गाडीहरु राज्यका सम्पत्ति भएकोले त्यसको क्षती गर्नु आफ्नो उद्धेश्य नभएको बताउँदै नभएको कुरालाई मिडियाबाजी गरेर पानी माथिको ओभानो हुन खोज्ने उप-मेयरलाई आगामी दिनमा यस्तो कार्य नगर्न चेतावनी दिएको बताइएको छ ।

उपमेयर उप्रेतीको भनाईलाई उदृत गर्दै आज विभिन्न संचारमाध्यमहरुले उपमेयर उप्रेतीलाई जिउँदै जलाउने प्रयास शिर्षकमा समाचार प्रकाशन भएका थिए ।

नेविसंघ झापाको विज्ञप्ती ।

प्रतिकृया दिनुहोस्