News Portal

पत्रकार खगेन्द्र घिमिरेमाथि आक्रमण गर्ने राजवंशी पक्राउ

रातोपोस्ट संवाददाता
५८८ पटक

झापा, १९ मंसिर । पत्रकारमाथि आक्रमण गर्ने मालपोत कार्यालय दमकका खरदार इन्द्र राजवंशी पक्राउ परेका छन् ।

मालपोत कार्यालय दमकमा मङ्गलवार दिउँसो ४ बजे शिवसताक्षीका सेवाग्राही सुरेश साहले मालपोत कार्यालयका खरदार इन्द्र राजवंशीलाई दश हजार रुपैयाँ घुस दिएको भिडियो खिचिरहेको अवस्थामा लछारपछार गर्दै कार्यालय प्रमुखको कार्यकक्षमा लगी पत्रकार माउन्टेन टेलिभिजनका झापा संवाददाता र अनुसन्धान मिडियाका सम्पादक खगेन्द्र घिमिरे र क्यामेरा पर्सन भास्कर श्रेष्ठलाई हुल हुज्जत गरी क्यामेरा खोस्ने र कुटपिट गरेका थिए ।

सो घटनाको नेपाल पत्रकार महासङ्घ झापा शाखा, प्रेस क्लब मेचीनगर र नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी सङ्घ सङ्गठनले घोर निन्दा र भर्त्सना गरेका थिए । खरदार राजवंशीलाई इलाका प्रहरी कार्यालय दमकले आज बिहान पक्राउ गरेको र आवश्यक कारबाही अगाडी बढाएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी विजयराज पण्डितले बताए ।

प्रतिकृया दिनुहोस्