रातोपोस्ट संवाददाता
मेचीनगर, १९ मंसिर । मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती चढेको मे.१.झ १७२ नम्बरको गाडी नेपाल विद्यार्थी संघले जलाउने प्रयास गरेको भन्दै नेकपा मेचीनगर नगर कमिटीले घटनाको भत्र्सना गरेको छ ।
नगर कमिटी अध्यक्ष माधव अर्यालद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गुण्डगर्दी शैलीमा उपप्रमुख चढेको गाडी रोकेर तथानाम गाली गलोज गर्दै ज्यानै लिने उद्देश्यले पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरिएको घटनाको घोर निन्दा एवम् भत्र्सना गर्दछौं ।’
तर, नेपाल विद्यार्थीसँगले एक विज्ञप्ती जारी गर्दै गाडी रोकतोक गरेको तर उपमेयर भनेजस्तो पेट्रोले छर्किने वा जलाउने प्रयास नगरिएको बताएको छ ।