News Portal

प्रचण्ड- नेपाल पक्षका युवा – विद्यार्थीको थापाथलीमा भेला

रातोपोस्ट संवाददाता
६६६ पटक

काठमाडाैं, १९ मंसिर । नेकपा विवाद चर्किरहेका बेला प्रचण्ड-माधव नेपाल पक्षका युवा तथा विद्यार्थीहरूको भेला थापाथलीमा शुरू भएको छ ।

थापाथली क्याम्पसमा शुरू भएको भेलामा माधव नेपाल पक्षबाट नेकपा वाग्मती प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्य, प्रचण्ड पक्षबाट पम्फा भुसाल लगायत सहभागी छन् । केन्द्रमा विवाद चर्किरहेका बेला विवाद तलतलसम्म पुगिरहेको छ ।

पार्टी अध्यक्ष केपी ओली पक्षले मदन भण्डारी फाउन्डेसनका नाममा देशव्यापी गतिविधि गरिरहेका बेला प्रचण्ड-नेपाल पक्षले पनि भेला गरेको हो ।

प्रतिकृया दिनुहोस्