News Portal

रामेछापकाे मन्थलिमा आगलागी, २५ लाख भन्दा बढीको क्षति

रातोपोस्ट संवाददाता
४०९ पटक

रामेछाप,१९ मंसिर। रामेछापकाे मन्थली नगरपालिका स्थित मन्थली बजार नजिकै आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय नजिकै रहेको ओम केसीको घरमा राती ११:५० बाट लागेको आगो करिब १ घन्टाको प्रयास पछि नियन्त्रणमा आएको हो ।

घटनामा कुनै पनि मानवीय क्षति भएको नभएता पनि करिब २५ लाख भन्दा बढीको भौतिक क्षति भएको अनुमान गरिएको छ । ग्याँस सिलिन्डर विष्फोटबाट भएको आगलागीमा सो घरका कुनै पनि सामान सग्ला नरहेको घटनस्थल निरिक्षणमा देखिएको छ । आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, दमकल तथा स्थानीय सहितको सहयोगमा नियन्त्रणमा लिइएको छ भने घरधनी ओम केसी कामको सिलसिलामा काठमाण्डौमा रहेको र उनको परिवार पुर्ख्यौली घर फुलासीमा हालको लागि बसोबास गरिरहेकोले कुनै मानवीय क्षति हुन नपाएको केसीका दाजु सुन्दर केसीले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्