News Portal

भारतले अस्ट्रेलियालाई ११ रनले हरायो

रातोपोस्ट संवाददाता
९४७ पटक

काठमाडौं, १९ मंसिर । अष्ट्रेलियाविद्धको टि–ट्वान्टीमा सिरिज अन्तर्गत पहिलो खेलमा भारतले जित निकालेको छ ।

केएल राहुलको अर्धशतक तथा डेब्यू गरेका टी नटराजनले तीन विकेट लिएपछि भारतले अस्ट्रेलियाविरूद्धको पहिलो ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ११ रनको विजय हासिल गरेको छ।

क्यानबेरामा टस हारेर ब्याटिङका लागि निम्त्याइएको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६१ रन बनाएको थियो। १६२ रनको लक्ष्य पछ्याएको घरेलु् टोली अस्ट्रेलियाले सात विकेट गुमाएर १६० रन मात्र बनाउन सक्यो। जितसँगै भारतले तीन खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा १-० को अग्रता लिएको छ।

भारतका लागि ओपनर केएल राहुलले ५१ रन बनाउँदा रविन्द्र जडेजा ४४ रनमा अविजित रहे। सञ्जु सामसनले २३ तथा हार्दिक पाण्डेयले १६ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। अस्ट्रेलियाका मोइसिस हेनरिक्सले तीन विकेट लिँदा मिचेल स्टार्कले दुई विकेट लिए। एडम जम्पा र मिचेल स्विपसनको नाममा एक/एक विकेट रह्यो।

प्रतिकृया दिनुहोस्