News Portal

कांग्रेसले सरकारविरुद्ध मंसिर २९ गते देशव्यापी प्रदर्शनको घोषणा

रातोपोस्ट संवाददाता
४५४ पटक

काठमाडौं, १९ मंसिर । नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी मंसिर २९ मा विरोध प्रर्दशन गर्ने भएको छ। सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सरकारको कार्यशैली विरुद्ध प्रर्दशन गर्ने निर्णय गरेको हो।

वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुर्व्यवहार, कोरोना नियन्त्रणमा सरकारको असफलता र कोरोनाको नियन्त्रण गर्ने नाममा भएको भ्रष्टाचारको विरोधमा प्रर्दशन गर्ने निर्णय भएको उपसभापति विमलेन्द्र निधिले जानकारी दिए। देशव्यापी हुने विरोध प्रर्दशनको अगुवाई केन्द्रीय नेताबाट हुने बताइएको छ। प्रर्दशनका लागि भ्रातृ तथा शुभेच्छुक संस्थालाई समेत खटाइने भएको छ।

शीर्ष नेताको बैठकमा नेता पौडेलले तनहुँको घटनाक्रम बारे जानकारी गराएका थिए। पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमै उद्घाटन गर्न नदिइएको नेताहरुलाई बताएका थिए। व्यास नगरपालिकाममा बनेको पुल उद्घाटन गर्ने बुधबारको कार्यक्रममा सत्तापक्ष र प्रमुख प्रतिपक्षीबीच तनाव उत्पन्न भएपछि रोकिएको थियो। बिहीबार पौडेलले नै उक्त पुल उद्घाटन गरेका थिए।

प्रतिकृया दिनुहोस्