News Portal

सपनालाई भेटेर दिए अर्थमन्त्री पौडेलले बधाई

रातोपोस्ट संवाददाता
८०० पटक

काठमाडौँ, १९ मंसिर । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिबीसीको प्रभावशाली १०० महिलाको सूचीमा परेकी सपना रोका मगरलाई भेटेर बधाई दिएका छन्। शुक्रबार अर्थ मन्त्रालयमा मन्त्री पौडेलले सपना रोका मगरसँग भेट गर्दै बिबीसीको एक सय जना प्रभावशाली महिलामा परेकोमा बधाई दिएका हुन्।

नेपाल सरकारले गर्न नसकेको काम व्यक्तिगत स्तरबाट गरेर समाज सेवा गरेको भन्दै अर्थमन्त्री पाैडेलले सपनाको प्रशंसा गरे। अर्थमन्त्री पौडेललाई सपनाले बेवारिसे व्यक्तिहरु र बेवारिसे भएका शवको व्यवस्थापनमा सरकारको सहयोगको अपेक्षा रहेको बताइन्।

उनको माग सुनेपछि अर्थमन्त्री पौडेलले बेवारिसे शव व्यवस्थापनमा सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। साथै सपना जस्तो प्रेरणादायी समाजसेवीलाई भेटन पाउँदा खुशी लागेको पनि अर्थमन्त्री पाैडेलले बताए।

प्रतिकृया दिनुहोस्