News Portal

१२ वर्षपछि आज झापामा राप्रपाको शक्ति प्रदर्शन

रातोपोस्ट संवाददाता
७३३ पटक

झापा, २० मंसिर । झापामा राष्ट्रिय प्रजातन्त्र पार्टीले आज मोटरसाइकल र्यालीसहित शक्ति प्रदर्शन गर्दैछ । काँकरभिट्टादेखि विर्तामोडसम्म दश हजार मोटरसाइकल, ३ सय साना गाडी र ५० वटा बस सडकमा उतार्ने तयारी रहेको र्याली व्यवस्थापन समितिका संयोजक ध्रुव उप्रेतीले जानकारी दिए ।

राजतन्त्रको अन्त्य भएको १२ वर्षपछि देशका प्रमुख सहरहरुमा पुनः राजसंस्था तथा हिन्दू राष्ट्रका पक्षमा प्रदर्शन सुरु भएको छ ।हिन्दुराष्ट्रको पुनस्र्थापना, राजसंस्थाको विषयमा सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयताको खारेजी, भारतसँग भएको १९५० को सन्धि र असमान सम्झौता पुनरावलोकन र खारेजीको मुद्दासहित राप्रपा संघर्षमा जान लागेको हो।

मिडिया नेपालले बिर्तामोडमा हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राप्रपा झापाका अध्यक्ष अमर विष्टले सरकारलाई दवाब सृजना गर्न शनिवार झापामा शक्ति प्रर्दशन गर्ने बताए ।काँकरभिट्टाबाट एकैसाथ १० हजार मोटरसाइकल ¥याली निकालेर बिर्तामोडमा आएर कोड सभा गर्ने कार्यक्रम तय भएको पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतिकृया दिनुहोस्