News Portal

झापामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

रातोपोस्ट संवाददाता
४८६ पटक

झापा, २० मंसिर । झापामा आज थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १३ महिला र २५ जना पुरुष रहेका छन् ।

संक्रमण पुष्टि भएकाहरुमा कनकाईका ५ महिला र ६ पुरुष, बिर्तामोडका ४ महिला र ५ पुरुष, शिवसताक्षीका १ महिला र ६ पुरुष, अर्जुनधाराका २ महिला र २ जना पुरुष रहेका छन् ।

त्यस्तै कमलका १ महिला र २ पुरुष, मेचीनगरका २ पुरुष तथा भद्रपुर र बुद्धशान्तिका १–१ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै झापामा कोरोना संक्रमितको हुनेको संख्या ४ हजार ७४ पुगेको छ ।

प्रतिकृया दिनुहोस्