News Portal

मेचीनगर लेडि जेसीजको अध्यक्षमा शुशिला चयन

रातोपोस्ट संवाददाता
४९३ पटक

झापा, २१ मंसिर । झापाकाे मेचीनगर लेडी जेसीजको वर्ष-२०२१ को अध्यक्षमा सुशिला खतिवडा चयन भएकी छन् ।

धुलाबारीमा शनिवार सम्पन्न  शाखाको ७ औँ वार्षिक साधारण सभाले खतिवडालाई अध्यक्षमा निर्वाचित गरेको निर्वाचन आयुक्त निवर्तमान अध्यक्ष मञ्जु खनालले बताइन ।

जेसीजको कार्यकारिणी उपाध्यक्षमा सुभद्रा नेपाल र अनिता गुरागाई (खनाल)लाई चयन गरिएको छ भने उपाध्यक्षमा अनु कटुवाल, शर्मिला थापा, अनिता दाहाल र बबिता प्रसाई चयन भएकी छन् ।

अन्य पदाधिकारी भने पदहस्तान्तरण कार्यक्रममा मनोनित गरिने छ । कार्यक्रममा शाखाका संस्थापक कविता शर्मा,  तथा पूर्व अध्यक्षहरु सुनिता पनेरु,  टिका सुवेदी,  शाखाकी मानार्थ सदस्य सिता गुरुंगलगायको समेत सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्