News Portal

  • नेकपा स्थायी कमिटी बैठक दिउँसो १ बजे धुम्बाराहीमा बस्दै

    रातोपोस्ट संवाददाता
    २६९ पटक

    काठमाडौं, २१ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आइतबार दिउँसो १ बजे बस्दैछ । पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा यसअघि अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष प्रचण्डले ल्याएको प्रस्ताव पेश भइ छलफलमा जाने बताइएको छ ।

    तर, पार्टी अध्यक्ष ओली स्थायी समिति बैठकको विपक्षमा रहेकाले आजको बैठक प्रभावित हुने सम्भावना पनि उत्तिकै छ । शनिबार बसेको सचिवालय बैठकले अध्यक्षद्वय ओली र प्रचण्डले प्रस्तुत गरेको प्रस्ताव स्थायी कमिटीमा छलफल गर्ने निर्णय गरेको थियो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टीको संकट निवारण सम्बन्धमा अहिलेसम्म सचिवालयमा प्रस्तुत प्र्रस्तावहरु स्थायी कमिटीको बैठकमा पेस गरी सार्थक निष्कर्षका निम्ति छलफल अगाडि बढाइने छ ।

    शनिबारको सचिवालय बैठकमा ओलीले पार्टी विवाद सचिवालय बैठकबाटै मिलाउनुपर्नेमा पुनः जोड दिएका थिए । सचिवालय बैठकमा बोल्दै ओलीले अधिकांश सदस्यहरुले सचिवालयबाट निकास ननिस्केपछि दुवै अध्यक्षका प्रतिवेदनमाथि स्थायी कमिटीमा छलफल गरेर निष्कर्ष निकाल्न दिएको सुझावलाई प्रतिवाद गर्दै स्थायी समितिलाई ‘रत्यौली’को संज्ञा दिएका थिए।

    ‘स्थायी समितिमा जाने भनेको के हो ? के स्थायी समितिमा रत्यौली खेल्न जाने हो ?’, ओलीको प्रश्न थियो, ‘आजपनि तपाईंहरुले बल प्रयोग गरेर बैठक भएको हो । यो बैठकमा बल प्रयोगकै हो । अव त्यो स्थायी समिति पनि बल प्रयोगकै हुने हो’, ओलीको आक्रोश थियो । ओलीको असन्तुष्टिका बीच आज १ बजेका लागि स्थायी समिति बोलाइएको हो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)