News Portal

  • गैंडाको खाग सहित ३ जना पक्राउ

    रातोपोस्ट संवाददाता
    ४३१ पटक

    रुपन्देही, २१ मङ्सिर। बुटवल उपमहानगरपालिका-८ सुख्खानगरस्थित कलश होटलबाट १ थान गैंडाको खाग सहित ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा सुर्खेत लेकबेसी गाउँपालिका बस्ने ३१ वर्षीय भक्त बहादुर थापा, जाजरकोट बोरेकोट गाउँपालिका-४ बस्ने २६ वर्षीय कर्ण बहादुर राउत र काठमाडौं महानगरपालिका-१ बसन्तपुर बस्ने २६ वर्षीय राकेश न्यौपाने रहेका छन् ।

    उक्त होटलमा गैंडाको खाग तस्करी हुँदैछ भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुटवलबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा खटिएको प्रहरीले उक्त खाग सहित उनीहरुलाई पक्राउ गरेको हो । साथै उनीहरुलाई नियन्त्रणमा लिने क्रममा उनीहरुले प्रहरीसँग रहेको पेस्तोल खोसी गोली चलाउँदा उनीहरु मध्येकै न्यौपाने घाइते भएकाले लुम्बिनी प्रादेशिक अस्पताल हुँदै थप उपचारका लागि मेडिकल कलेज भैरहवा पठाइएको छ ।
    उक्त कार्यमा संलग्न हाल फरार १ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)