रातोपोस्ट संवाददाता

काठमाडौँ, २१ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले दुईवटा अध्यादेश स्वीकृत गरेकी छन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७’ र ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७’ स्वीकृत गरेकी हुन्।
संविधानको धारा ११४ को उपधारा (१) बमोजिम राष्ट्रपतिले अध्यादेश स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।