News Portal

काेराेना संक्रमित आफ्ना नागरीकलाई अब पोषणभत्तास्वरुप पाँच हजार दिइने

रातोपोस्ट संवाददाता
४२६ पटक

भक्तपुर,२२ मंसिर। भक्तपुरकाे एक नगरपालिकाले अब काेराेना संक्रमित आफ्ना नागरीकलाई पाँच हजार रूपैयाँ दिने भएकाे छ।  तारकेश्वर नगरपालिकाले कोभिड -१९ पोजेटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई पाँच हजार दिने भएको हाे ।

नगरपालिकाभित्र कोरोना सङ्क्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप रकम दिइने नगरपालिकाले जनाएकाे छ ।

कोरोना पजिटिभ देखिएर आइसोलेसनमा बसेका बिरामीलाई प्रत्येक वडा कार्यालयबाट स्वास्थ्य शाखामा समन्वय गराई प्राप्त विवरणका आधारमा रकम वितरण गर्ने व्यवस्था गरिएको सूचना अधिकृत होमनाथ न्यौपानेले बताए ।

हाल नगरपालिकामा कोरोना संक्रमित दुई हजार ८६ रहेकामा आठ सय ६६ महिला र एक हजार दुई सय २० पुरुष  छन् ।

निको हुनेको संख्या एक हजार आठ सय २९ छ । कोरोनाबाट अहिलेसम्म सातजनाको मृत्यु भएको छ अहिले सक्रिय संक्रमित  २५० जना पुगेका छन् ।

प्रतिकृया दिनुहोस्