News Portal

एटिएम फुटाउँदै गरेको अवस्थामा एकजना पक्राउ

रातोपोस्ट संवाददाता
६३८ पटक

काठमाडौं,२२ मङ्सिर। काठमाडौं महानगरपालिका-३२ मुनिभैरवस्थित एनआइसी एसिया बैंकको एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा प्रहरीले एकजनालाई पक्राउ गरेकाे छ। काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने सिन्धुपाल्चोक बाह्रबिसे घर भएका १९ वर्षीय अनिल तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हाे ।

उक्त एटिएमको तल्लो भाग फुटाई अन्य भाग फुटाउँदै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएकाे छ ।

प्रतिकृया दिनुहोस्